टिप्पणी-टिपन विधि (Note-taking methods)
टिप्पणी-टिपन (Note-taking) लेख्न पढ्नको लागि एउटा गतिविधि हो साथै शैक्षिक प्रशिक्षण तथा निपुणता (academic skill) पनि हो। यसले आधारभूत अवधाराणको सारांशलाई व्यवस्थित ढाँचामा प्रस्तुत गर्दछ साथै मुख्य तथ्यको स्मरण गर्न सहज बनाउछ। यस विधिमा विषिय, मिति, पृष्ट सङ्ख्या आदिलाई टिपन आवश्यक छ। यस पद्धतिले वाचन, पाठन साथै गोष्ठी, सभा आदि सबैमा सहयोग गर्छ। टिप्पणी-टिपन विधि हस्तलिखित र डिजिटल विधिमा (apps) पाइन्छ। निम्न विधिहरूको गुणलाई अनुसरण गरौँ।
- कर्नेल विधि (Cornell Method) - यो विधि कर्नेल विश्वविद्यालयले सृजना गरेको हो। यस विधिमा खाताको पानालाई तिन खण्डमा विभाजित गरिन्छ। दाहिने स्तम्ब (right column) -मा टिप्पणी लेख्न, देब्रे स्तम्ब (left column) -मा मुख्य बुँदा र पानाको मुनिल्लो भाग (bottom, anchor) -मा सारांश।
- अउटलाईन विधि (Outline Method) - यस विधिमा टिप्पणीलाई ढाँचागत रुपमा व्यवस्थित गरको हुन्छ। मुख्य तथ्यलाई बुँदागत बनाई त्यसको अन्य त्थयाङ्कलाई शीर्षक तथा उपशीर्षक अनि उप-उपशीर्षक गरी क्रमगत सङ्ख्याको प्रयोग गरिन्छ।
- वाक्य विधि (Sentence Method) - वाक्य विधिमा हरेक विषयमा सङ्क्षिप्त र सरल वाक्यगत रूपमा लेख्नु हो।यस विधिमा ढाँचागत, बुँदागत र सारांश लेखिदैन तर नँया विषयलाई नँया पङ्क्ति अथवा क्रम सङ्ख्याबाट सुरू गरि पनि हुन्छ।
- मानचित्र विधि (Mapping Method) - यस विधिले विभिन्न विचारलाई एक शूत्रमा जुठाउनुमा सहयोग गर्दछ। यसमा वृक्षरेखाको रूपमा विचारलाई जोडन् सकिन्छ। मानचित्र विधि मुख्यत: मूल विषयसित सम्बन्धित तथ्यलाई जोडिन्छ। यस विधिमा रङ्ग, चित्र, चिन्ह आदिले सङ्केतन गरिन्छ। यसले योजना बनाउनुमा र त्यसमा आधारित लेख लेखाईमा सहयोग गर्छ।
मेरो दैनिक प्रयोगमा यी सबै विधिहरूको विशेषतालाई अपनाउ छु अनि यस मश्रित विधि (mixed method) -लाई हस्तलिखित र डिजिटल विधिमा दुवैमा प्रयोग गर्छु। यस पद्धतिको सही प्रयोग भए वाचन र पाठनबाट सहजसित निरूपण तथा लेखको योजना आदि गर्नमा सहयोग हुन्छ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.