Thursday, April 30, 2020

लेख

लेख (Article)
  1. शोधपत्र (Research article) - शोधपत्र अप्रकाशित मौलिक लेख हुनु पर्छ। यसले तथ्याङ्क सहित विषयवस्तुमा गहण बोधलाई व्यक्त गर्छ। 
  1. अवलोकनात्मक लेख (Overview article) - अवलोकनात्मक लेखले कुनै  विषयवस्तुमाथि प्रकाश पार्दै अहिलेसम्मको सोही विषयमाथिका शोधलाई वर्णन  गर्छ। यस लेखले  विषयमाथि सम्पूर्ण जानकारी दिएको हुन्छ।
  1. पुस्तक निरूपण (Book review) - पुस्तक निरूपण प्रस्तुत लेख(हरू) अथवा पुस्तक(हरू)-को आलोचनात्मक  मूल्याकङ्न हो। यसले लेखादिको महत्व, विषयको प्रस्तुति, अवलोकन, इत्यादिलाई समेटेर निरूपकको विचारलाई व्यक्त गर्छ।  पत्रिका, पुस्तक आदिको नियमावलीमा पनि यसको ढाँचा निर्भर हुन्छ। 
  1. सत्रपत्र (Term paper) - सत्रमा पढाएको विषय अथवा सिद्धान्तमाथि (निजि भाषा, सिहित्य, संस्कृति, आदि) -मा खोजमूलक तथा  सिद्धान्तयुक्त लेखलाई सत्र पत्र भनिन्छ। यस पत्र सत्रको अन्ततिर प्रस्तुत गर्ने कारणले यसलाई सत्रपत्र पनि भनिएको हो। 
  1. लधुपत्र (Squib) - लधुपत्रमा कुनै अध्ययनरहित विषयमाथि प्रकाश पार्दै सोही तथ्याङ्कलाई प्रस्तुत गर्दछ अथवा  अविश्लेषित तथ्याङ्कलाई प्राथमिक सैद्धान्तिक विश्लेषणको रूपरेखालाई प्रस्तुत गर्दछ। पत्रिका, पुस्तक आदिको नियमावलीमा पनि यसको ढाँचा निर्भर हुन्छ। 

टिप्पणी-टिपन विधि

टिप्पणी-टिपन विधि (Note-taking methods)

टिप्पणी-टिपन (Note-taking) लेख्न पढ्नको लागि एउटा गतिविधि हो साथै शैक्षिक प्रशिक्षण तथा निपुणता (academic skill) पनि हो। यसले आधारभूत अवधाराणको सारांशलाई व्यवस्थित ढाँचामा प्रस्तुत गर्दछ साथै मुख्य तथ्यको स्मरण गर्न सहज बनाउछ। यस विधिमा विषिय, मिति, पृष्ट सङ्ख्या आदिलाई टिपन आवश्यक छ। यस पद्धतिले वाचन, पाठन साथै गोष्ठी, सभा आदि सबैमा सहयोग गर्छ। टिप्पणी-टिपन विधि हस्तलिखित र डिजिटल विधिमा (apps) पाइन्छ। निम्न विधिहरूको गुणलाई अनुसरण गरौँ। 

  • कर्नेल विधि (Cornell Method) - यो विधि कर्नेल विश्वविद्यालयले सृजना गरेको हो। यस विधिमा खाताको पानालाई तिन खण्डमा विभाजित गरिन्छ। दाहिने स्तम्ब (right column) -मा टिप्पणी लेख्न, देब्रे स्तम्ब (left column) -मा मुख्य बुँदा र पानाको मुनिल्लो भाग (bottom, anchor) -मा सारांश।  
  • अउटलाईन विधि (Outline Method) - यस विधिमा टिप्पणीलाई ढाँचागत रुपमा व्यवस्थित गरको हुन्छ। मुख्य तथ्यलाई बुँदागत बनाई त्यसको अन्य त्थयाङ्कलाई शीर्षक तथा उपशीर्षक अनि उप-उपशीर्षक गरी क्रमगत सङ्ख्याको प्रयोग गरिन्छ। 
  • वाक्य विधि (Sentence Method) - वाक्य विधिमा हरेक विषयमा सङ्क्षिप्त र सरल वाक्यगत रूपमा लेख्नु हो।यस विधिमा ढाँचागत, बुँदागत र सारांश लेखिदैन तर नँया विषयलाई नँया पङ्क्ति अथवा क्रम सङ्ख्याबाट सुरू गरि पनि हुन्छ। 
  • मानचित्र विधि (Mapping Method) - यस विधिले विभिन्न विचारलाई एक शूत्रमा जुठाउनुमा सहयोग गर्दछ। यसमा वृक्षरेखाको रूपमा विचारलाई जोडन् सकिन्छ। मानचित्र विधि मुख्यत: मूल विषयसित सम्बन्धित तथ्यलाई जोडिन्छ। यस विधिमा रङ्ग, चित्र, चिन्ह आदिले सङ्केतन गरिन्छ। यसले योजना बनाउनुमा र त्यसमा आधारित लेख लेखाईमा सहयोग गर्छ। 
मेरो दैनिक प्रयोगमा यी सबै विधिहरूको विशेषतालाई अपनाउ छु अनि यस मश्रित विधि (mixed method) -लाई हस्तलिखित र डिजिटल विधिमा दुवैमा प्रयोग गर्छु। यस पद्धतिको सही प्रयोग भए वाचन र पाठनबाट सहजसित निरूपण तथा लेखको योजना आदि गर्नमा सहयोग हुन्छ। 

File name system

There are different ways to name an electronic file. Some of them are so convenient that even the file creator forgets its name as it was done by the system itself like doc1, etc. Some are temporarily searchable as you know the name or some other mnemonics of the file. But you may forget to recollect it after a long time. Similarly, there can be a mess of the files and overwriting on it, etc. when are files having the same contents but by the different people. 

After facing all these issues for years, a system is developed to assist the proper filing as well as to find the file easily. It is not as defined for the technical archiving but it is for a general user. It is intended primarily as a system to find the details in it without opening the file. It helps in segregating the files to the folder. 

File name_Creator's name_Topic_Sub-topic_DDMMYY

CEL_SS_WordClass_Noun_28042020

This will help us to identity the file - name (distinguishes the different fields that you are involved like personal, academic, club, etc.), creator (who is the creator of file), topic (on what topic the file is about like wordclass, morphology, etc.), sub-topic (noun, inflection, etc.), and the date of the creation. 

In the sub-topic, one can mention version as v01, v02, etc. like 

CEL_SS_WordClass_Nounv02_28042020