Thursday, April 30, 2020

लेख

लेख (Article)
  1. शोधपत्र (Research article) - शोधपत्र अप्रकाशित मौलिक लेख हुनु पर्छ। यसले तथ्याङ्क सहित विषयवस्तुमा गहण बोधलाई व्यक्त गर्छ। 
  1. अवलोकनात्मक लेख (Overview article) - अवलोकनात्मक लेखले कुनै  विषयवस्तुमाथि प्रकाश पार्दै अहिलेसम्मको सोही विषयमाथिका शोधलाई वर्णन  गर्छ। यस लेखले  विषयमाथि सम्पूर्ण जानकारी दिएको हुन्छ।
  1. पुस्तक निरूपण (Book review) - पुस्तक निरूपण प्रस्तुत लेख(हरू) अथवा पुस्तक(हरू)-को आलोचनात्मक  मूल्याकङ्न हो। यसले लेखादिको महत्व, विषयको प्रस्तुति, अवलोकन, इत्यादिलाई समेटेर निरूपकको विचारलाई व्यक्त गर्छ।  पत्रिका, पुस्तक आदिको नियमावलीमा पनि यसको ढाँचा निर्भर हुन्छ। 
  1. सत्रपत्र (Term paper) - सत्रमा पढाएको विषय अथवा सिद्धान्तमाथि (निजि भाषा, सिहित्य, संस्कृति, आदि) -मा खोजमूलक तथा  सिद्धान्तयुक्त लेखलाई सत्र पत्र भनिन्छ। यस पत्र सत्रको अन्ततिर प्रस्तुत गर्ने कारणले यसलाई सत्रपत्र पनि भनिएको हो। 
  1. लधुपत्र (Squib) - लधुपत्रमा कुनै अध्ययनरहित विषयमाथि प्रकाश पार्दै सोही तथ्याङ्कलाई प्रस्तुत गर्दछ अथवा  अविश्लेषित तथ्याङ्कलाई प्राथमिक सैद्धान्तिक विश्लेषणको रूपरेखालाई प्रस्तुत गर्दछ। पत्रिका, पुस्तक आदिको नियमावलीमा पनि यसको ढाँचा निर्भर हुन्छ। 

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.